दोहोरो अंकले घट्याे नेप्से

१८ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक आइतबार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आइतबार करिब २० अंक घटेको हो ।

आज नेप्से १९.८५ अंकले घटेर २६९४.२० बिन्दुमा झरेको छ । आइतबार नेप्सेमा कारोबार भएकामध्ये २ सय १ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ५० कम्पनीको सेयर मूल्य बढेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन हुन सकेन ।

आइतबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.८७, विकास बैंक ४३.५४, वित्त ११.३०, लगानी १.०२, जीवन बीमा ६८.३०, लघुवित्त २८.४०, निर्जीवन बीमा ७०.५२, अन्य २१.८९, होटल १३२.३०, जलविद्युत् ४९.१७, उत्पादनमूलक ७१.०५ र सामूहिक लगानी कोष ०.१० अंकले घटेका छन् । आइतबार व्यापार समूह मात्रै २०.९२ अंक बढेको नेप्सेले जनाएको छ ।

३ सय २९ कम्पनीको १ लाख १० हजार ७ सय २९ कारोबारबाट ९ अर्ब १० करोड बराबरको २ करोड २० लाख ६० हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।
नेप्सेमा मिथिला लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ कर्पोरेट डेभलपमेन्ट बैंकको १९ प्रतिशत घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here