फेरि महंगियो प्याजः भारतमा अहिले सम्मकै रेकर्ड तोड्यो,नेपालमा कति ?

काठमाडौं २० कात्तिक । भारतको राजधानी दिल्लीमा प्याजको भाउ फेरि बढेको छ । भारतिय मिडियाहरुले जनाए अनुसार प्याजको भाउले अहिलेसम्मको रेकर्ड तोडेको छ । अहिले प्याजको भाउ प्रतिकेजी भारतीय रुपैयाँ १०० पुगेको छ ।

भारतको पूर्वी क्षेत्रमा वर्षाले गर्दा प्याज उत्पादन प्रभावित भएपछि मुल्यमा बढेको जनाएको छ । यसअघि स्टकमा कमी आउँदा प्याजको भाउ प्रतिकेजी ८० रुपयेसम्म पुगेको थियो ।

नेपालमा कति ?

नेपालमा पनि तिहारपछि अधिकांस तरकारीको भाउ घढेको छ । चाडवाडको बीचमा आकासियको केहि तरकारीको भाउ भने आरोलो लागेको छ । प्याजको भाउमा तिहारपछि केही कमी देखिए पनि एक साता पछि फेरि उकालो लागेको छ ।

धेरै मात्रामा मूल्यवृद्धि भएको प्याजको मूल्य नेपालमा पनि बढेको छ । असोज २९ गते प्रतिकिलो १२५ रुपैयाँमा किनबेच भएको प्याजको मूल्य कात्तिक १५ गते प्रतिकिलो ११५ रुपैयाँ कायम रहेको थियो ।

कात्तिक २० गते ५ दिनमा प्याजको मूल्य किलोकै २० रुपैया बढेको छ । आज प्याज १३५ रुपैयाँ देखि १४० रुपैयाँ प्रतिकिलोमा बिक्री भईरहेको कालीमाटी फलफुल तथा तरकारी विकास समितीले सार्वजनिक गरेको मूल्य सूचीमा जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here