काठमाडौं । बौद्धको एक घरबाट ४० तोला भन्दा बढि सुनचाँदी चोरी भएको छ। बौद्धस्थित कुमारीगालमा रहेको एक घरमा मंगलबार मध्याह्न १२ बजेतिर ३२ तोला सुनका गहना र अन्दाजी १० किलो चाँदीका गहना चोरी भएको हो।
पाँच तले घरको छतमा मानिसहरू बसिरहेका बेला चौथो तलामा चोरी भएको हो। चोरी भएको कोठाको ढोकाको कब्जा फुकाइएको अवस्थामा फेला परेको छ।

























