ताेलामा ४ हजार २ सय रुपैयाँले घट्याे सुनकाे भाउ

प्रतिकात्मक तस्विर

काठमाडौं । नेपाली बजारमा सुनको भाउ लगातार ओरालो थालेको छ । बिहीबार तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको सुन आज शुक्रबार पनि ४ हजार २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँ ताेकिएकाे छ ।

बिहीबार सुनको भाउ प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ थियो ।
त्यसैगरी, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २ सय ७० रुपैयाँले घटेर ४ हजार ७ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

हिजो बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here