उपनिर्वाचन: भोटर लिष्टमा तपाईको नाम छ कि छैन ? यसरी हेर्नुहोस्

काठमाडौं, २० कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त पदहरूमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

सरकारले घोषणा गरेको उपनिर्वाचनको महोल सम्बन्धित ठाँउमा तातिदै गएको छ । निर्वाचनमा १८ वर्ष उमेर पुगेका बालिगहरुलाई मात्र निर्वाचनमा भोट हाल्न पाउने छन् ।

एक संघीय निर्वाचन क्षेत्र, तीन प्रदेशसभा निर्वाचन क्षेत्रसहित विभिन्न पदका लागि ५२ ठाउँमा उपनिर्वाचन हुँदैछ।
प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं. २, प्रदेशसभातर्फ भक्तपुर १(१), बाग्लुङ २(२) र दाङ ३(२) क्षेत्रमा निर्वाचन हुँदै छ ।

कसरी हेर्ने त ?

१. सबैभन्दा पहिले निर्वाचन आयोगको वेभसाईट मा गई दिईएको टेबलमा आफ्नो प्रदेश
छान्नु होस् त्यसपछि जिल्ला छान्नुहोस्।

२. त्यसपछि आफू बस्ने गाविस वा नगरपालिकाको नाम छान्नुहोस्।

३. त्यस तलको भागमा तपाईंको वार्ड नम्बर छान्नुहोस्।

४. त्यसपछि मदतान केन्द्र छान्नुहोस्।

५. त्यसपछि SUBMIT लेखेको बटन क्लिक गर्नुस्। केहीसमयपछि तपाईको विवरण छाने अनुसारको नामावली आउँछ।

नामावलीमाको माथि तपाईंको आफ्नो नामको पहिलो अक्षर बाट आफ्नो नाम खोज्दा सजिलो हुनेछ।

६ . आफ्नो फोटोसहितको पूरा विवरण हेर्न आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुपर्नेहुन्छ त्यसका लागि आफ्नो नामको पछाडि मतदाता विवरण भनेर आउँछ त्यहाँ क्लिक गर्नुहोला।

त्यसपछि जन्ममिति/नागरिकताको नम्बर राखिसकेपछि कुन चित्रमा क्लिक गर्ने भनेको छ त्यसमा क्लिक गरेपछि तपाईको पूरा विवरण आउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here