नेपाल ब्यवस्थापन संघकाे अध्यक्षमा हेमा अधिकारी

काठमाडौं । नेपाल ब्यवस्थापन संघको अध्यक्षमा हेमा अधिकारी निर्वाचित भएकी छिन् । संघको शनिवार सम्पन्न साधारणसभामा अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन ।

कार्यसमितिकाे प्रथम उपाध्यक्षमा जितेन्द्र धिताल, द्धितिय उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य, महासचिवमा ईन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्षमा चंकी क्षेत्री र सदस्यहरुमा उर्मिला श्रेष्ठ, महेश शर्मा ढकाल, देबेन्द्र रमण खनाल, पर्वत कुमार कार्की, मधु पौडेल, डा. बुद्धि मल्ल, अनु जोशी, बाबुराम शर्मा, अरुण कुमार सिग्देल, धर्मानन्द अवस्थि, कृष्ण प्रसाद शर्मा र कृष्ण कुमार भुट्टराई निर्वाचित भएका हुन् ।

हेमा अधिकारीसंग करिब ३ दशकदेखि अन्तराष्ट्रिय बैंकमा आवद्धताकाे अनुभव छ।

हाल उनि दुवई प्रधान कार्यालय रहेको मशरेक बैंकको नेपाल र भूटानको कन्ट्रि हेडमा कार्यरत छिन् । संघका अन्य सदस्यहरु सरकारी, गैह् सरकारी, बिभिन्न बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स, सामाजि संस्था लगायत अन्य बिभिन्न क्षेत्रहरुमा लामो समयदेखि योगदान दिंदै आएका ब्यक्तिहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here