शेयर बजार पुनः आरालोतर्फ, नेप्से साढे १ अंकले घट्दा साढे २० करोडको कारोबार

काठमाडौं, २० कात्तिक । शेयर बजार पुनः आरालोतर्फ लागेको छ । बुधवार नेप्से परिसूचक १.४४ अंकले घटेर १ जार १ सय ३८.०२ अंकमा झरेको छ ।

बुधवार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स ०.४४ अंकले घटेर २ सय ४९.७१ अंकमा झरेको छ ।

बुधवार ट्रेडिङ, लघुवित्त, लाइफ इन्स्योरेन्स र सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै सूचक ट्रेडिङ समुहको बढ्यो । टे«डिङको सूचक ५.९१ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै घट्नेमा अन्य समुह रहेको छ । अन्य समुहको सूचक १.०६ प्रतिशत बढ्यो । त्यस्तै, फाइनान्स समुहको सूचक ०.४६ प्रतिशत घट्यो भने समुहको सामान्य अंकले घट्यो ।

बुधवार १ सय ६० कम्पनीको ७ लाख ५० हजार ३३ कित्ता शेयर किनबेच हुँदा २० करोड ६२ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीका शेयर धनी रहेका छन् । साल्ट टे«डिङको शेयर मूल्य ९.८८ प्रतिशत बढ्यो । त्यस्तै, नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको ५.७५ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा महालक्ष्मी विकास बैंकका शेयर धनी रहेका छन् । महालक्ष्मीको शेयर मूल्य ४.२८ प्रतिशत बढ्यो । त्यस्तै, यूनियन हाइड्रोपावरको ३.७० प्रतिशत घट्यो भने अन्य समहुको सामान्य अंकले घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार प्रभु बैंक रहेको छ । बैंकले ४ करोड ३६ लाख ७५ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here