चुनावि रौनकले देखिएन सेयर बजारमा उत्साह

काठमाडौं । गत साता बिहीबार करिब ८ अंक बढेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक आज घटेकाे छ। सोमबार कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से ८.१६ अंक घटेर २६६२.१० बिन्दुमा झरेको छ ।

यस दिन १ सय ६३ कम्पनीको सेयर मूल्य घटेको छ ।

त्यसैगरी ८६ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । सोमबार रिलायन्स स्पिनिङ मिल्स, बुद्धभूमि हाइड्रोपावर र सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

यस दिन बैंकिङ ०.७६, विकास बैंक २६.६६, जलविद्युत् ३६.७३, लगानी ०.६३, जीवन बीमा ५८.०५, लघुवित्त ११.४२, सामूहिक लगानी कोष ०.०४, निर्जीवन बीमा ५१.१३, अन्य १.७३ र व्यापार २५.५७ अंक घटेका छन् । यता वित्त १३.७९, होटल ३१.६३ र उत्पादनमूलक ४४.८३ अंक बढेका छन् ।

सोमबार नेप्सेमा ३ सय ३५ कम्पनीको ८० हजार ५ सय ५९ कारोबारबाट १ करोड ९६ लाख १६ हजार ३ सय ९५ कित्ता सेयर ७ अर्ब ९४ करोडमा खरिद–बिक्री भएको छ ।

यो कारोबार रकम गत साता बिहीबारको तुलनामा कम हो । बिहीबार नेप्सेमा १० अर्बभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here