दिनेश प्रकाश शर्मा पौड्याल सीआईआई वेलायतका सदभावना दूत

काठमाडौं, ५ चैत । दिनेश प्रकाश शर्मा पौड्यालयलाई बेलायतको चार्टड इन्स्योरेन्स इन्स्टिट्युट (सीआईआई)ले सद्भावना दुतका रुपमा नियूक्त गरेको छ । चार्टड इन्स्योरेन्सका प्राक्टिसनर समेत रहेका पौड्यालय बीमा, पूनर्बीमा, जोखिम व्यवस्थापन र व्यवस्थापन क्षेत्रमा बरिष्ठ परामर्शदाताका रुपमा परिचित छन् ।

वेलायतबाट बीमा बिषयमा एडभान्स डिप्लोमा गरेका पौड्यालयले त्रिभुवन विश्वबिद्यालयबाट एम.बि.ए. गरेका छन् । राष्ट्रिय बीमा संस्थान, नेपाल इन्स्योरेन्स कम्पनी लि., प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स लिमिटेडमा उच्च तहमा रहि कार्यकारी भुमिका निर्वाह गरिसक्नु भएका पौड्याल सिआईआई कलेज अफ इन्स्योरेन्स युकेका अलुम्नाई, स्वीस रि–एकेडेमी, स्वीजरल्याण्ड र आईआईआई कलेज इन्स्योरेन्स इण्डियाका पनि अलमुनाई हुन् ।

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी र ब्रिटिस अलुम्नाई अफ नेपालका आजिवन सदस्य समेत रहेका पौड्याललाई सीआईआईले बीमा क्षेत्रको सद्भावना दुतका रुपमा नियूक्त गरेको हो । उनले बीमा क्षेत्रको विकास र विस्तारका लागि बीमा समिति, बोर्ड लगायतका क्षेत्रमा रहेर काम गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here