साफा, बिपिए द्धारा नेपाल क्लियरिङ्ग हाउस ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

काठमाडौं, २० कात्तिक । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)लाई , ‘साफा बेस्ट प्रिजेन्टेड एनुअल रिर्पोट अवार्ड’ अन्तर्गत सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ प्रदानगरिने भएको छ ।

दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा साफा समितिद्वारा पारदर्शितामा सुधार, उत्तरदायित्व तथा गभर्नेन्सलाई मूल्यांकन गरेर विभिन्न विधामा अवार्ड प्रदान गरिने छ । साफाले सो अवार्ड ढाका,बंगलादेशमा ३० नोभेम्बर, २०१९ मा आयोजना हुने समारोहमा हस्तान्तरण गर्नेछ ।

यस अघि एनसीएचएलद्वारा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनले आईक्यान द्वारा संचालित बिपिए अवार्डमा दोस्रो स्थान हासिल गरेको थियो । त्यसपश्चात सो वार्षिक प्रतिवेदनलाई आईक्यानले सार्क क्षेत्रभरि मुल्याकंनका लागि साफामा पठाएको थियो ।

एनसीएचएलले भुक्तानीतथा फर्छौटको क्षेत्रमा गरेको काम र वित्तिय डिस्क्लोजर तथा पारदर्शिताप्रति प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू लगायत स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here