सचिन तेन्दुल्कर नेपाल आउँदै, भेट्छन् त नेपाली क्रिकेट टोली ?

काठमाडौं । भारतीय क्रिकेटका महान् हस्ती तथा विश्व क्रिकेटका कीर्तिमानधारी ब्याट्सम्यान सचिन तेन्दुल्कर नेपाल आउने भएका छन्।

सचिन युनिसेफको कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउन लागेका हुन्।

युनिसेफको सद्भावना दूत रहेका सचिन आगामी नोभेम्बर १६ मा नेपाल आउने लगभग पक्का भएको स्रोतले दाबी गरेको छ।

उनी युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेको बताइएको छ। उनी सोही दिन भारत फर्कने बताइएको छ। सचिन नेपाल आउँदा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी भने स्वदेशमा हुनेछैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here