काठमाडौं । नेपाली कांग्रेसको निर्वाचनका लागि प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको कार्यबाहक सभापति मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
सभापति गगन थापाको नेतृत्वमा आज केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बसेको थियो ।
कांग्रेसले मधेश प्रदेशको राजधानी जनकपुरमा प्रतिज्ञा पत्र सार्वजिनक गर्नुअघि उक्त पत्र पार्टी बैठकबाट पारित गरेको हो ।



























