बढ्याे सुनचाँदीको भाउ, यस्ताे छ आजको मुल्य

काठमाडौं । बुधबार घटेको सुनचाँदीको भाउ आज भने बढेको छ । हिजो १ हजार ५ सय रुपैयाँले घटेको सुन आज एकैदिन तोलामा ४ हजार ३ सय रुपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको छ। हिजो सुनको भाउ तोलाको ३ लाख ४ सय रुपैयाँ थियो ।

यस्तै बुधबार तोलामा ५ रुपैयाँले घटेको चाँदीको भाउ आज तोलामा १ सय ८० रुपैयाँले बढेकाे छ। आज चाँदी ताेलाकाे ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ८० रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here