काठमाडौं । फेयर ट्रेड कर्पोरेसनले पोखरामा अन्तर्राष्ट्रिय ख्याति प्राप्त पाइलट ब्रान्डका पेनको आधिकारिक आउटलेट सञ्चालनमा ल्याएको छ । पोखरा महानगर ३ नदीपुरस्थित कोट्रयार्ड भवन (मीनमार्ट रहेको भवन)मा शनिबार एक विशेष समारोहका बीच आउटलेट उद्घाटन गरिएको हो ।
उक्त शोरुमको संयुक्त उद्घाटन कम्पनीका तर्फबाट जापानी नागरिक मसो नाका र टामायुकी कावानाले गरेका हुन् । उद्घाटन समारोहमा चर्चित हास्य कलाकार सन्दीप क्षेत्रीको पनि उपस्थिति रहेको थियो ।
फेयर ट्रेड कर्पोरेसनले पछिल्ला ४२ वर्षदेखि नेपालमा पाइलट पेनको बिक्री तथा वितरण गर्दै आएको छ । कम्पनी निर्देशक मीन अग्रवालका अनुसार शोरुममा १० रुपैयाँदेखि एक लाख रुपैयाँसम्म मूल्यका विभिन्न प्रकारका पेन उपलब्ध छन् ।
उनले पाइलट ब्रान्डका बल पेन, जेल पेन, फाउन्टेन पेन, साथै हाइलाइटर, मार्कर, पेन्सिल, इरेजर र लेखेर मेट्न मिल्ने पेन समेत उपलब्ध रहेको जानकारी दिइन् । ग्राहकलाई आकर्षित गर्न कम्पनीले सबै प्रोडक्टमा १० प्रतिशत छुट र विद्यार्थीहरूका लागि एक वर्षसम्म ५ प्रतिशत विशेष छुटको व्यवस्था गरेको छ ।




















