‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’ इन्टर्र्निशप र रोजगारी प्रदान गर्ने सम्झौता

काठमाडौं, २० कात्तिक । ‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले ई–बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारीको अवसर प्रदान गर्ने सम्बन्धि साझेदारीको घोषणा गरेका छन् ।

खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदी र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानले काठमाडौंमा आयोजित एक विशेष समारोह बीच सम्झौतामा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् ।

सम्झौता अनुसार लर्ड बुद्ध एजुकेशन फाउन्डेशनमा अन्तिम वर्षमा अध्ययनरत तथा कलेजबाट उत्तीर्ण विद्यार्थीहरूले खल्तीमा इन्टर्र्निशपका लागि आवेदन दिन सक्नेछन् । छोटो अवधिको इन्टर्र्निशप पूरा गरिसकेपछि उनीहरुलाई ‘खल्ती’मा पूर्णकालिन रोजगारी प्रदान गरिनेछ ।

मुख्यतः खल्तीले विद्यार्थीहरुको कक्षाको पढाईमा बाधा नपुग्ने गरी इन्टर्र्निशपका लागि अनुकुल समय प्रदान गर्नेछ । साथै, कलेजसँग परामर्श गरेर परीक्षा तथा महत्वपूर्ण शैक्षिक प्रोजेक्टहरुहरुको समयमा बिदाको पनि व्यवस्था गर्नेछ ।

त्यस्तै, मास्टर डिग्री पढ्न चाहने खल्तीमा कार्यरत कर्मचारीहरुलाई लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ बीचको यस प्रकारको सहकार्यले नेपालमा उद्योग र शैक्षिक संस्थाहरुबीच हुनुपर्ने पार्टनरशिपको उदाहरण स्थापित गर्ने र अन्य संस्थाहरुलाई पनि यस प्रकारको सहकार्य गर्न प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here