काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक २७.५९ अंक घटेर २६१४ अंकमा कायम भएको हाे। आज कारोबार रकम पनि ६ अर्ब ६९ करोडमा खुम्चियो।
यसअघि गत मंगलबार ८ अर्ब ३६ करोडको कारोबार भएको थियो ।
३४ कम्पनीको मूल्य बढ्दा २२० को घट्यो भने ७ को स्थिर रहेका छन्। आज बैंकिङ ०.५२, विकास बैंक १.४१, फाइनान्स ०.५६, होटल तथा पर्यटन १.०९, जलविद्युत् १.८१, लगानी ०.९४, जीवन बीमा ०.७३, उत्पादन तथा प्रशोधन १.०२, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.४२, अन्य ०.८५, व्यापार ३.५९ प्रतिशत घटे ।
साल्पा विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । रिलायन्स स्पिनिङ मिल्सको ९.२६, कालिका लघुवित्त वित्तीय संस्थाको ५.१७, मञ्जुश्री फाइनान्सको ४.४२ तथा सुपर मादी हाइड्रोपावरको ४.१६ प्रतिशत बढ्यो ।
बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.९२ प्रतिशत घटेकाे छ। त्यस्तै रिडी पावरको ८.३३, अरुणखोला जलविद्युत् कम्पनीको ८.२८, नारायणी डेभलपमेन्ट बैंकको ६.९१ तथा सागर डिस्टिलरीको ६.२३ प्रतिशत मूल्य घटेकाे छ ।
आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, एसवाई प्यानल, ङादी ग्रुप र राधि विद्युत् क्रमशः अगाडि रहेका छन्।
























