३ लाख भन्दा बढि सामानहरुमा छुटका साथ संसारकै सबै भन्दा ठूलो सेल डे लिएर आउँदै दराज

काठमाडौं, २० कात्तिक । नेपालको बृहत अन्लाईन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११ को मध्यरात बाट सुरु हुने घोषणा गरेको छ ।

नोभेम्बर ११ को दिन चीनमा सिंगल्स डे भनेर त्यस दिन एकलतालाई मनाइन्थ्यो तर अलिबबा ले २००९ मा आफ्नो शपिङ प्लेटफर्म टी मलमा भारि छुट दिने भनेर ११.११ को आयोजना गरेदेखि सबै बदलियो ।

यो मेगा सेल अहिले विश्वव्यापी रुपमा एक मनोरन्जनात्मक सेल डे को रुपमा अलिबाबा सँग सम्बधित सबै देशहरु तथा दराजले व्यापार गर्ने देशहरुमा आयोजना हुने गर्दछ ।

फलस्वरूप अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कार्तिक २५ गते नेपालमा ११.११ आयोजित गरेको थियो जसले नेपालको अनलाइन क्षेत्रमा ठूलो प्रभाव पा¥यो ।

उक्त दिनमा दराजले साधारण दिन भन्दा ८० गुना बढि व्यापार देखेको थियो साथै २ लाख भन्दा बढि उपभोक्ताहरु, १००० भन्दा बढी बिक्रेता तथा ब्रान्डहरु एकै दिन दराज एपमा जम्मा भएका थिए । र यसपालीको ११.११ सेल अझै ठूलो हुने भएको छ – दराजले यसपाली ३ लाख भन्दा बढि सामानहरुमा आकर्षक छूट्हरु लिएर आउनेछ साथै ३.५–४ लाख भन्दा बढि प्रयोगकर्ताहरूको सहभागीता हुने अनुमान रहेको छ ।

यस एक दिने महा अभियानको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भन्छन्, ‘पूर्व सालको ११.११ सेलमा हामीले भारी प्रतिक्रिया पायौं र हामीले धेरै कुराहरु पनि सिक्यौं की कसरी यसलाई झनै राम्रो बनाउन सकिन्छ । अबको यो सेल डे मा हामी धेरै भन्दा मानिसको मन जित्ने काशिष गर्नेछौं ।’

‘दराजले उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रधान गर्न घेरै तयारीहरु गरीनैरहेको छ, र वितरण समय बढ्न सक्नेछ ।’ दराजका सीइओ बिमल अ¥याल ले भने, ‘११.११ सेलमा मात्र हुने १ लाख अपेक्षित अर्डरहरु को लागि तयारि गर्न दराज ले ४०० थप दराज हीरोहरु (दिलिभरी राइडर) तथा ५० जना थप कस्टमर केर एजेंटहरु थपेको छ ।’

३००० बिक्रेताहरुलाई ११.११ सेलको पूरै लाभ पुगोस भनेर दराजले बिक्रेताहरुलाइ निःशूल्क ट्रेनीङ्ग पनि दिदै आएको छ ।