काठमाडौंका केही स्थानमा छिटपुट बर्षाकाे सम्भावना

काठमाडौं । आज काठमाडौंका केही स्थानमा छिटपुट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बाग्मती, गण्डकी र कोशी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा पनि आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसम बदली भएको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here