दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनकाे अनुमति

१७ फागुन, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो । सार्वजनिक शान्तिविरुद्धको कसुरमा आइतबार प्रसाईं भक्तपुरस्थित आफ्नो निवासबाट पक्राउ परेका थिए ।

उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here