निर्वाचन विरोधी गतिविधि गर्ने १४२ जना पक्राउ

काठमाडौं । निर्वाचन विरोधी गतिविधिको आरोपमा १४२ जना पक्राउ परेका छन्।

फागुन २१ गते हुने निर्वाचन बिथोल्न विभिन्न गतिविधि गरेको आरोपमा प्रहरीले देशभरिबाट १४२ जनालाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताएका छन्।

उनका अनुसार पक्राउ परेकामध्ये ७६ जना प्रहरी हिरासतमा छन् भने ६६ जना छुटिसकेका छन्।