नागार्जुनमा फेला परेको शंकास्पद वस्तु नष्ट

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नष्ट गरिएको छ ।

आज बिहान करिब ६:१५ बजे शोभा अधिकारी रेग्मीको घरको गेट अगाडि रातो कपडा बेरेको शंकास्पद वस्तु फेला परेको थियो ।

सो वस्तुलाई सुरक्षाकर्मीको सहयोगमा नस्ट गरिएको हो । सो क्रममा ४ लिटरको रङ्गको बाल्टिनमा बालुवा, तार र प्लास्टिक फेला परेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here