तनाव बढेपछि निजी विमानमार्फत सुपरस्टार रोनाल्डोले छाडे साउदी

काठमाडौं । मध्यपूर्वमा बढ्दो राजनीतिक तनाव बढेपछि सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदी अरब छाडेका छन्।

साउदीको राजधानी रियादस्थित अमेरिकी दूतावासमा इरानी ड्रोनहरूले आक्रमण गरेपछि पोर्चुगिज स्ट्राइकर रोनाल्डो आफ्नो निजी विमान चढेर राति नै स्पेनको मड्रिडगएका हुन्।

अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि रियादमा इरानी बम र ड्रोन प्रहार भएको छ। रोनाल्डोले पनि सरकारी सल्लाह र आफ्नो सुरक्षालाई ध्यानमा राख्दै मड्रिडजाने निर्णय गरेका हुन्। ४१ वर्षीय रोनाल्डो हाल साउदी क्लब अल-नासरमा आबद्ध छन्।

उनीसँगै उनकी प्रेमिका जर्जिना रोड्रिगेज र पाँच सन्तान पनि रहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here