काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट निर्वाचित राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।
विवरण अनुसार शाहीले चुनावमा २० लाख ५५ हजार रुपैयाँ खर्च भएको छ। सवारी साधन र इन्धनमा सबैभन्दा बढी ५ लाख ९० हजारखर्च भएको उनले पेस गरेको विवरणमा उल्लेख छ ।
उनले विभिन्न ८ शीर्षकमा खर्च भएको जानकारी जिल्ला निर्वाचन कार्यालय जुम्लालाई गराएका छन् ।



















