तोलामा ४ हजार ८ सय रुपैयाँले घट्याे सुनकाे भाउ

प्रतिकात्मक तस्विर

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो काराेबारकाे दिन सुन ३ लाख १३ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै चाँदीको भाउ तोलामा २२५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५२७० रुपैयाँमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here