काठमाडौं । इराकको बगदादमा अवस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेटबाट आक्रमण भएको समाचार रोयटर्सल् जनाएको छ। अमेरिकी दूतावासमा कयौं ड्रोन र रकेटबाट आक्रमण गरिएको हो ।
आक्रमणभन्दा करिव छ घण्टा अघि दूतावासले इराकमा रहेका अमेरिकी नागरिकहरूका लागि सुरक्षा अलर्ट जारी गरेको थियो ।
सुरक्षा अलर्टमा भनिएको थियो, ‘इरानसँग जोडिएका आतंकवादी मिलिशियाले पटक–पटक मध्य बगदादको इन्टरनेशनल जोनमा आक्रमण गरिसकेका छन् ।’
समाचारमा आक्रमणबाट भएको क्षतिबारे भने केही खुलाइएको छैन ।























