पोखराको निर्वाचन कार्यालय नजिक बम विस्फोट

काठमाडौं, २१ कात्तिक । पोखराको निर्वाचन कार्यालय नजिक बम विस्फोट भएको छ।

बिहीबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटरको दूरीमा बम विस्फोट भएको प्रहरीले जनाएको छ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज दलहरूले उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका थियो, उक्त कार्यतालिकालाई नै मध्यनजर गर्दै बम बिस्पोट भएको हुनसक्ने शंका गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराई उम्मेदवारी दर्ता गर्नको लागि निर्वाचन कार्यलय पुगेको केही समयमा नै बिस्फोट भएको प्रहरीले बताएको छ ।

कार्यलयमा पुग्दा विस्फोट भएपनि भट्टराईले उम्मेदवारी दर्ता भने गरिसकेकी छिन् ।

प्रहरी घटनास्थलमा पुगिसकेको छ। विस्फोटबाट कति क्षति भयो भन्ने बारेमा भने केही विवरण आएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here