एउटै फिल्मको लागि सय करोड पारिश्रमिक बुझ्दै अक्षय कुमार

काठमाडौं, २१ कात्तिक । बलिउड सिनेमा क्षेत्रमा खेलाडी उपनामले परिचीत अक्षय कुमार पछिल्लो समय सबैभन्दा सफल नायकको रुपमा चिनीन्छन् ।

उनले खेलेका प्राय सबै फिल्महरुले राम्रै व्यापार गर्ने गरेको पाईन्छ । यसैकारण वासु भगनानीको नयाँ सिनेमाको लागि अक्षय कुमारलाई १०० करोड भारु दिने कुराले बलिउड तातिएको छ ।

उनलाई भगनानीले आगामी सिनेमाका लागि सय करोड भारू लिने सम्भावना बढेको छ।

सिनेमा वास्तविक घटनाबाट प्ररित भएको एक्सन (ड्रामा) जनरको हुने बताईएको छ ।

धेरैजसो सिन लण्डनमा नै सुटिङ्ग हुने यस सिनेमाको लागि अक्षय, वासु तथा निखिल आडवाणीबीच सहकार्य हुने बताईएको छ । सिनेमाको निर्देशन भने ‘लखनउ सेन्ट्रल’ निर्देशन गरेका रंजीत तिवारीले गर्नेछन् ।

पछिल्लो समय अक्षय कुमारद्धारा अभिनय गरेका प्राय सबै सिनेमाले पाएको सफलताका कारण निमार्णपक्ष यतिधेरै पारिश्रमिक दिन तयार भएको बताईएको छ ।

यो कुराको पुष्टि लिखित रुपमा भने हालसम्म भएको छैन् । यदी यतिधेरै पैसा दिएमा यो अक्षयको जिवनकै सबैभन्दा धेरै पारिश्रमिक पाउने सनिेमा बन्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here