यसरी बनाउनुहोस् मुलाको अचार (विधिसहित)

काठमाडौ । नेपाली भान्सामा अचार महत्वपूर्ण परिकार मानिन्छ । बजारमा रेडिमेड अचार पनि प्रशस्त मात्रामा पाइन्छ ।

तर, घर बनाएको अचार स्वस्थ्यको लागि राम्रो मानिन्छ ।

दैनिक जीवनको खानपान लगायत भोज भतेरमा समेत अचारको छुट्टै महत्व हुन्छ । अचारले सँगै खाइरहेको परिकारमा नयाँ स्वाद थपिदिन्छ ।

खुर्सानी, आँप, मुला, टमाटर, काक्रो गुन्द्रुक लगायत विभिन्न थरीको अचार बनाउन सकिन्छ ।

तर अहिलेको जाडो सिजनमा भने अधिकांस मुलाको नै बढि मात्रमा बनाउने गरेको देखिन्छ ।

यो सिजन मुला बढि पाईने सिजन पनि हो । सेकुवा, खाजाघर, रेष्टुरेन्ट तिर पनि मुलाकै अचार प्रशस्त रुपमा प्रचलनमा ल्याउने गरेको पाईने गरेको छ ।

खाँदेको मुलाको अचार बनाउनको लागि आवश्यक सामग्री

बोक्रा नखुर्किएको मुला

तेल, बेसार, रातो खुर्सानीको धुलो, नुन

लसुन, हरियो खुर्सानी, जिरा, तोरी

विधि

-मुलालाई लाम्चो आकारमा काट्नुपर्छ ।

-मुला काटेपछि त्यसलाई घाममा सुकाउने ।

-मुला माथि खुर्सानी राख्ने र त्यसमा लसुन पनि राखेर सुकाउने ।

-त्यसलाई दुई दिनसम्म सुकाउनुपर्छ ।

-दुई दिनपछि सुकाएको मुला, खुर्सानी, लसुन निकाल्ने ।

-प्यानमा तोरी भुटेर पिस्ने ।

-जिरा भुट्ने र पिस्ने ।

-मुलामा नुन, खुर्सानी, बेसार लगायत सबै मसलाहरु राख्ने ।

-अब त्यसमा तेल राख्ने र राम्रोसंग मिक्स गर्ने ।

-त्यसपछि एउटा बट्टामा मुलाको अचार राख्ने ।

-बट्टालाई घाममा कम्तिमा पनि चार दिन सम्म नचलाई राख्नुपर्छ ।

तत्काल खानको लागि यसरी बनाउनुहोस्

आवश्यक सामग्रीहरु:-
– ताज मुला

– तोरीको तेल आवश्यकता अनुसार

– मेथीको दाना

– बेसार आवश्यकता अनुसार

– कागती आवश्यकता अनुसार

– खुर्सानी आवश्यकता अनुसार

-नुन आवश्यकता अनुसार

बनाउने विधि
– मुलालाई सफा पानीले पखालेर लाम्चो आकारमा सानो सानो गरि काट्ने ।

– स्वाद अनुसार नुन राखेर केहीबेर मोल्ने ।

– तेललाई फ्राईपेनमा राखेर तताउने अनि मेथी हालेर रातो हुने गरि भुट्ने ।

– केहिबेर पछि त्यसमा बेसार पनि हालिदिने ।

– तेललाई सेलाउन दिने ।

– अब मुला राखिएको भाडामा सबै खन्याउने र आवश्यकता अनुसार खुर्सानी राखी मोल्ने ।

– स्वादिष्ट मुलाको अचार तयार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here