जारी सिजनमै पर्वतारोहण रोयल्टी १ अर्ब ८ करोड उठ्यो

१५ वैशाख, काठमाडौं । वसन्त ऋतुको आरोहण सिजनमा नेपालका हिमाल आरोहण गर्न आउने पर्यटकबाट १ खर्ब ८ करोड रुपैयाँ भन्दा माथि रोयल्टी उठेको छ ।

सन् २०२६ को मार्च १ देखि अप्रिल २७ सम्म (करीब दुई महिना) को अवधिमा नेपालका विभिन्न हिमाल आरोहणका लागि आएका पर्यटकहरूबाट सरकारले झण्डै १ अर्ब ८ करोड रुपैयाँ रोयल्टी संकलन गरेको हो । यस अवधिमा विभिन्न हिमाल आरोहणका लागि ९९६ जना पर्वतारोहीहरूले अनुमति लिएका छन् ।

नेपालका हिमालमध्ये सगरमाथा पर्वतारोहीहरूको पहिलो रोजाइमा परेको छ। विभागको प्रतिवेदन अनुसार, उक्त अवधिमा सगरमाथा आरोहणका लागि ४२५ जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै सरकारले ९२ करोड ४२ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ । यो कुल संकलित रोयल्टीको ठूलो हिस्सा हो।

सगरमाथाबाहे अमादब्लममा ९२, ल्होत्सेमा १११, मकालुमा ६१, हिमलुङ हिमालमा ४४ जनाले अनुमति लिएका छन् । नेपालका हिमाल आरोहणमा विश्वभरका पर्वतारोहीहरूको आकर्षण कायमै छ। विभागको तथ्यांक अनुसार चीन, अमेरिका, भारत, बेलायत र रुस लगायतका देशबाट उल्लेख्य संख्यामा आरोहीहरू नेपाल आएका छन् ।

चीनबाट १३२, अमेरिकाबाट ११८, भारतबाट ७१, बेलायतबाट ६७, रुसबाट ६५ जना आरोही आएका छन् । यसबाहेक क्यानडा, जापान, फ्रान्स, जर्मनी लगायतका देशहरूबाट पनि पर्वतारोहीहरू नेपालका हिमाल आरोहणका लागि आएको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here