शेयर बजारको ओरालो यात्रा कायमै, कारोबारमा सुधार

काठमाडौं, २१ कात्तिक । साताको अन्तिम दिन पनि शेयर बजारको ओरालो यात्रा कामयै रह्यो । विहिवार नेप्से परिसूचक ६.०५ अंकले घटेर १ हजार १ सय ३१.९७ अंकमा झरेको छ ।

विहिवार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स १.४० अंकले घटेर २ सय ४८.३१ अंकमा झर्यो यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा ०.५६ प्रतिशत कम हो ।

विहिवार ट्रेडिङ, निर्जीवन विमा कम्पनी र सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ६.१८ प्रतिशत बढ्यो । त्यस्तै, सामुहिक लगानी कोषको ०.३८ प्रतिशत बढ्यो भने निर्जीवन विमा कम्पनीको ०.२९ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै होटल समुहको सूचक घट्यो । होटल समुहको सूचक १.४५ प्रतिशत घट्योे । त्यस्तै, जीवन बिमा समुहको ०.७९ प्रतिशत, जजलविद्युत समुहको ०.७६ प्रतिशत घट्यो भने अन्य समेहको सामान्य अंकले घट्यो ।

विहिवार कारोबारमा भने सुधार आएको छ । बुधवार २० करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा विहिवार १ सय ६३ कम्पनीको १२ लाख ९६ हजार ८ सय ७७ कित्ता शेयर किनबेच हँुँदा ३७ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

विहिवार सबैभन्दा धेरै साल्ट ट्रेडिङ कार्पोरेशन समुहका शेयर धनीले कमाए । साल्ट ट्रेडिङको शेयर मूल्य ९.९६ प्रतिशत बढ्यो । त्यस्तै, एनआईसी विकास कोषको ३.९३ बढ्यो भने अनय समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा रिडी हाइड्रोपावर डेभलभमेन्ट कम्पनीका शेयर धनी रहेका छन् । रिडी हाइड्रोपावरको शेयर मूल्य ५.१९ प्रतिशत घट्यो । त्यस्तै, ओरेन्टल होटलको ४.४७ प्रतिशत, साइनर्जी पावर डेभलभमेन्टको ४ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार गर्नेमा एनएमबी बैंक रहेको छ । बैंकले ११ करोड २६ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here