अध्यक्ष ओलीले गरे पदबाट पछि नहट्ने संकेत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पछि नहट्ने बताएका छन् ।

शुक्रबारबाट जारी एमाले केन्द्रीय सचिवालय बैठकमा अधिकांश नेताहरूबाट मार्गप्रशस्त गर्न माग भएपछि उनले यस्ताे बताएका हुन्।

शनिबार महासचिव शंकर पोखरेल,उपमहासचिव योगेश भट्टराईलगायतले ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरे ।

महासचिव पोखरेलले अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने बताएका थिए । शनिबार बैठकमा ओलीले भनेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मलाई यसरी सम्झाएर सक्नुहुन्न । म सम्झिन्नँ । म यसरी छाड्दिनँ ।’

अध्यक्ष ओलीले यो विषयलाई केन्द्रीय कमिटी बैठकसम्म लगेर बाँकी निर्णय हुने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here