सुनको मूल्य घट्यो

काठमाडौं,२२ कात्तिक । केहि दिन देखि बढेको सुनको मूल्य शुक्रवार घटेको छ ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य ७ सय रुपैयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सयले घटेर छापावाला सुन प्रतितोला ६९ हजार ९ सयमा कारोबार भैरहेको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला ६९ हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको मुल्यमा प्रतितोला रु १५ ले घटेर आज प्रतितोला ८ सय ३५ मा कारोवार भैरहेको महासंघले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here