२०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने

काठमाडौं। एसियाली विकास बैंक (एडिबी) ले ‌सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ। यता सरकारले आगामी आवमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ।

त्यस्तै सन् २०२५ मा ४.४ प्रतिशतको आर्थिक वृद्धि भएको र २०२७ मा ४.५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।

आगामी वर्ष एसिया र प्रशान्त क्षेत्रकै आर्थिक वृद्धि सुस्त हुने एडिबीको प्रक्षेपण छ।

विश्व अर्थतन्त्रमा देखिएको तनाव, मूल्यवृद्धिले यस क्षेत्रको आर्थिक वृद्धिमा प्रभाव पार्ने एडिबीको भनाइ छ।  सन् २०२६ मा दक्षिय एसियामा सबैभन्दा ठूलो वृद्धिदर भारतमा आर्थिक वृद्धिदर ६.६ हुने प्रक्षेपण गरिएको छ। त्यस्तै भुटानमा ६.५, श्रीलंकामा ४ र बंगलादेश र पाकिस्तानमा समान ३.७ को हुने बताइएको छ।