रियलमीका नयाँ वायरलेस इयरबड र स्मार्टवाच नेपालमा सार्वजनिक

काठमाडौं, ९ साउन । रियलमीले नयाँ स्मार्ट वेयरेबल नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले वायरलेस इयरबड र स्मार्टवाचसहित चार नयाँ उत्पादन नेपाली बजारमा उपलब्ध गराएको जनाएको छ ।

कम्पनीका अनुसार ति उत्पादनमा बड्स टी१००, बड्स टी२००, बड्स टी५०० प्रो र रियलमि वाच डब्ल्यु५ रहेका छन् ।

बड्स टी१०० मा १० एमएम डाइनामिक बास ड्राइभर, ब्लुटुथ ५.३, स्पष्ट भ्वाइस कलका लागि एआई न्वाइज क्यान्सलेसन, वाटर रेसिस्टेन्स तथा टाइप–सी चार्जिङ सुविधा रहेको कम्पनीले जनाएको छ । चार्जिङ केससहित यसले २८ घण्टासम्म प्लेब्याक समय दिने दाबी गरिएको छ । यसको मूल्य रु. २ हजार ४ सय ९९ छ ।

त्यसैगरी बड्स टी २०० मा १२.४ एमएम डाइनामिक बास ड्राइभर, हाई–रेज अडियो सपोर्ट, ब्लुटुथ ५.४, एक्टिभ न्वाइज क्यान्सलेसन, टच कन्ट्रोल तथा वाटर रेसिस्टेन्स जस्ता विशेषता छन् । एकपटकको चार्जमा १० घण्टासम्म प्लेब्याक समय उपलब्ध हुने यस इयरबडको मूल्य रु. ४ हजार ४ सय ९९ निर्धारण गरिएको छ ।

त्यस्तै, बड्स टी५०० मा मा १२.४ एमएम टाइटेनियम प्लेटेड डाइनामिक ड्राइभर, ब्लुटुथ ५.४, एक्टिभ न्वाइज क्यान्सलेसन तथा १३.५ घण्टासम्म प्लेब्याक समय उपलब्ध हुने कम्पनीको दाबी छ । यसमा एआई लाइभ ट्रान्सलेटर र फेस–टु–फेस ट्रान्सलेटर सुविधा पनि समावेश गरिएको छ। यसको मूल्य रु. ७ हजार ४ सय ९९ छ ।

रियलमि वाच डब्ल्यु५ मा १.९७ इन्चको एमोलेड टचस्क्रिन डिस्प्ले, स्वास्थ्य निगरानी, स्मार्ट कनेक्टिभिटी सुविधा तथा सामान्य प्रयोगमा १४ दिनसम्म टिक्ने ब्याट्री रहेको छ । यो स्मार्टवाच आईओएस ११ तथा एन्ड्रोइड ९.० वा सोभन्दा माथिका उपकरणसँग प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । यसको मूल्य १० हजार ९ सय ९९ छ ।