रास्वपाकाे वरिष्ठ नेतामा बालेन्द्र शाह मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेतामा बालेन्द्र शाहलाई मनोनीत गरेको छ ।

बुधबार बसेको रास्वपाकाे केन्द्रीय समिति बैठकले प्रधानमन्त्री शाहलाई सभापतिपछिको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।

पार्टी विधान अनुसार महाधिवेशनबाट चुनिएका सभापतिसहित ८ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यबाहेक बाँकी पदमा सभापतिको सिफारिसमा केन्द्रीय समितिले मनोनयन गर्ने व्यवस्था छ।