प्रयोगकर्तालाई निःशुल्क राउटर सहित एनसेलको वायरलेस इन्टरनेट

काठमाडौं, २२ कात्तिक । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलोपटक वायरलेस इन्टरनेटको सेवा विस्तार गरेको छ ।

कम्पनीले इन्टरनेट प्रयोगकर्तालाई निशुल्क राउटर उपलब्ध गराउदै वायरलेस इन्टरनेट उपलब्ध गराएको हो ।

कम्पनीले रेडियो रिसिभर ट्रान्समिटर तथा राउटरको प्रयोग गरी कैलालीको टिकापुरमा वायरलेस इन्टरनेट सेवा उपलब्ध गराएको
हो ।

कम्पनीका अनुसार सुरुमा दुई प्याकेजमा मात्रै यो सेवा उपलब्ध हुनेछ । जसमा ५९९ रुपैयाँमा अनलिमिटेड ५० जीबी र ३४९ रुपैयाँमा अनलिमिटेड २५ जीबी प्याक छ ।

निःशूल्क वायरलेस राउटर पनि दिनेछ यो सेवा तत्कालका लागि भने यो टिकापुरमा मात्र उपलब्ध हुने कम्पनीले बताएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here