२२ साउन, काठमाडौं । सरकारले घोषणा गरेको १० लाख बराबरको चिट्टा पाउने व्यक्तिले कन्चनपुरमा २५० रुपैयाँको सामान किनेको खुलेको छ । आन्तरिक राजस्व विभागका अनुसार उनले साउन ७ मा सामान किनेका थिए । कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जेनरल स्टोरमा सामान खरिद गरेको आन्तरिक राजश्व विभागले जनाएको छ ।
