देउवाले भने ‘आत्मसमीक्षा र मार्ग सुधारका लागि प्रतिवद्ध छु’

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफुबाट राज्य र पार्टीले आफ्नो विगतको अनुभव लिनसक्ने बताएका छन्। बिहीबार उनले अपिलपत्र जारी गर्दै यस्तो बताएका हुन्। उनी पाँच महिनापछि नेपाल फर्किएका हुन्।

अपिलपत्रमा उनले भने‘मैले राजनैतिक रुपमा लिनु पर्ने केही छैन तर मेरो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नु पर्छ र त्यो अनुभव नयाँ पुस्तालाई शेयर गर्नु मेरो दायित्व पनि हो। साथै नेपाली कांग्रेसप्रतिको अटुट विश्वास र माया कहिल्यै कम नहुने बताएका छन्न।

देउवाले युवा र पाका पुस्ताबीच सन्तुलन कायम गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका छन्। उनले भनेका छन् अर्थ पुराना र अनुभवीहरू खराब हुन् भन्ने गलत भाग्य निर्माण गर्न हुदैन ।’

‘पार्टीका साथीहरू अहिले निराश भएको अवस्था छ। उनीहरुको मनोबल बढ्ने गरी पार्टीभित्रका साथीहरूको भावनालाई पुनः एक पटक जोड्नु पर्ने समय आएको छ । त्यस कार्यमा लाग्न म सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई अपिल पनि गर्न चाहान्छु, उनले भने ।

‘विगतमा माओवादीको सशस्त्र द्वन्द्वदेखि मुलुकका जटिल राजनीतिक घटनाक्रमहरूका साथै नेपाली कांग्रेसभित्रका विवादहरूमा मिलाप गराएको मेरो अनुभव छ । मलाई विश्वास छ त्यो अनुभव आगामी दिनहरूमा म नयाँ पुस्तालाई हस्तान्तरण गर्ने नै छु।’आत्मसमीक्षा र मार्ग सुधारका लागि प्रतिवद्ध रहेको पनि बताए।