मेस्सीको ह्याट्रिकले सुखद नतिजा निकाल्दै बार्सिलोना शीर्षस्थानमा

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा कप्तान लियोनल मेस्सीको ह्याट्रिकको सहयोगमा बार्सिलोनाले शीर्ष स्थानमा पुगेको छ। शनिबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोलअन्तरले पराजित गरेको हो ।

बार्सिलोनाका लागि कप्तान मेस्सीले ह्याट्रिक गोल गरे । त्यस्तै, सर्जियो बुसक्वएटको नाममा एक गोल रह्यो । यता, सेल्टाको लागि भने लुकास ओलजाले एक गोल फर्काएका थिए ।

पहिलो हाफको २३ औं मिनेटमा बार्सिलोनाले मेस्सीको पेनाल्टी गोलमा सुरुवाती अग्रता लिएको थियो।

तर पहिलो हाफको ४२ औं मिनेटमा सेल्टा भिगोका लुकास ओलाजाले ‘फ्रि-किक मार्फत सुन्दर गोल गर्दै खेल बराबरी गरे। तर मेस्सीले पहिलो हाफकै इन्जुरी समयमा दर्शनीय ‘फ्रि-किक’ गोल मार्फत बार्सिलोनालाई पहिलो हाफमा २-१ को अग्रता दिलाए।

दोस्रो हाफको ४८ औं मिनेटमा बार्सिलोनाले पुन:’फ्रि-किक’ पायो र त्यो अवसरलाई मेस्सीले पुनस् चमत्कारिक ढंगमा गोलमा परिणत गर्दै ह्याट्रिक पुरा गरे र टिमको अग्रता ३-१ बनाए। दोस्रो हाफकै ८५ औं मिनेटमा बार्सिलोनाको लागि सर्गियो बुस्केटले गोल गरे र बार्सिलोनाको जित सुनिस्चित गरे।

आजको जितपछि बार्सिलोना १२ खेलबाट २५ अंक सहित तालिकाको शिर्ष स्थानमा छ। तालिकाको दोस्रो स्थानमा रहेको रियाल म्याड्रिडको पनि समान २५ अंक भए पनि गोल अन्तरले पछि पर्दै दोस्रो स्थानमा रहेको छ। आजको हारपछि सेल्टा भिगो भने १३ खेलबाट जम्मा ९ अंक सहित ‘रेलिगेसन जोन’ मा परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here