अनलाइन व्यवसाय दर्ता नगरे कारबाही

काठमाडौं। अनलाइन माध्यमबाट व्यापार-व्यवसाय गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन ताकेता गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य सूचीकृत हुन निर्देशन दिएको हो । उपभोक्ता ठगी तथा अनलाइन कारोबार सम्बन्धी गुनासो बढेकाे भन्दै सरकारले डिजिटल व्यापारलाई थप पारदर्शी र व्यवस्थित बनाउन कडाइ थालेको हाे।

विद्युतीय व्यापार ऐन २०८१ र निर्देशिका २०८२ अनुसार कानुनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कारबाही हुने विभागले चेतावनी दिएको छ ।

विभागका अनुसार कम्प्युटर, मोबाइल वा अन्य यस्तै प्रकारका उपकरण माध्यम प्रयोग गरी वेबसाइट, एप्लिेकेसन, इन्टरनेट, इन्ट्रानेट र सामाजिक सञ्जालको मार्केटप्लेस लगायत माध्यमबाट कारोबार गर्ने सबैलाई सूचीकृत हुन भनिएकाे छ।