काठमाडौं । विष्णुमती नदीको जल सतह खतराको तह नजिक पुगेको छ । बाढी पूर्वानुमान महाशाखाले सूचनाका जारि गर्दै गोंगबु जलमापन केन्द्रले विष्णुमतीको जल सतह खतरा तह नजिक मापन गरेको जानकारी दिएकाे हाे ।
पानी परिरहँदा बाढी पनि बढिरहेकाले नदीको तल्लो तटिय क्षेत्रका बासिन्दा बिहानसम्मै उच्च सतर्क रहन बाढी पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
