शेयर बजारः नेप्से स्थिर, २९ करोडको कारोबार

काठमाडौं, २४ कात्तिक । साताको पहिलो दिन नेप्से परिसूचक ०.१८ अंकले घटेर १ हजार १ सय ३१.८० अंकमा झरेको छ । यसलाई विज्ञहरुले स्थिर भनेका छन् ।

आइतवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेभि इन्डेक्समा भने सुधार देखियो । सेन्सेटिभ इन्डेक्स ०.६९ अंकले बढेर २ सय ४९.०१ अंकमा पुगेको छ ।

आइतवार बैकिङ्ग, होटल, विकास बैंक, जलविद्युत, जीवन बिमा र सामुहिक लगानी कोष समुहको सूचक घट्यो भने फाइनान्स, अन्य, निर्जीवन बिमा कम्पनी, उत्पादन र लघुवित्तको सूचक बढ्यो ।

सबैभन्दा धेरै अन्य समुहको सूचक बढ्यो । अन्य समुहको सूचक ०.९० प्रतिशत बढ्यो । त्यस्तै, उत्पादन क्षेत्रको ०.४०, लघुवित्तको ०.२७ प्रतिशत र निर्जीवन विमा कम्पनीको ०.०७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै सामुहिक लगानी कोषको सूचब घट्यो । सामुहिक लगानी कोषको सूचक १.१५ प्रतिशत घट्यो । त्यस्तै, होटल समुहको ०.८४ प्रतिशत, जीवन बिमाको ०.७९ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

आइतवार १ सय ६३ कम्पनीको १० लाख ८ हजार ८ सय ९ कित्ता शेयर किनबेच हँदा २९ करोड ३१ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै सर्पोट लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । सर्पोट लघुवित्तको शेयर मूल्य ४.४६ प्रतिशत बढ्यो । त्यस्तै, यूनियन हाइड्रोपावरको ३.८५ प्रतिशत बढ्यो भने अन्य कम्पनीको सामान्य अंकले बढे ।

सबैभन्दा धेरै गुमाउनेमा राईरंग हाइड्रोपावर डेभलभमेन्ट कम्पनीका शेयर धनी छन् । राईरंगको शेयर मूल्य ४.८० प्रतिशत बढ्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार एनएमबी बैंकले गर्यो । बैंकले ५ करोड ७४ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here