अमेरिकी कार्यवाहक राजदूत र शुक्रबार परराष्ट्रमन्त्री भेटवार्ता

अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता

भदौ । नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका अवसरमा कार्यवाहक राजदूत बोल्डिनले हालैको भोटेकोशी बाढीबाट प्रभावित तथा पीडितप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताए। उनले बाढीबाट उत्पन्न परिस्थितिपछि राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा नेपाललाई सहयोग र समर्थन गर्न अमेरिकी सरकार तयार रहेको जानकारी गराए।

परराष्ट्रमन्त्री खनालले यस कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गरेकोमा अमेरिकी सरकार तथा अमेरिकी जनताप्रति आभार व्यक्त गरे। मन्त्री खनालले नेपालमा राहत तथा पुनःस्थापनापछि पुनर्निर्माणको चरणसम्म अमेरिकी सरकारको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।