काँडाघारीमा जेष्ट आईडियोलोजी सहकारीको सदस्य सेवा केन्द्र

काठमाडौं,२४ कात्तिक । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ९ काँडाघारीमा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

उक्त सेवा केन्द्रको कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा तथा संस्थाका अध्यक्ष रामप्रसाद आर्चाय, उपाध्यक्ष कृष्ण बहादुर थपलिया, सचिव तथा प्रमुख कार्यकारी सञ्चालक हेमबहादुर कार्कीले संयुक्त रुपमा उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा नगरपालिकाकी कार्यपालिकीय सदस्य कला, वडा नं. ९ का अध्यक्ष कुन्दन खड्काा लगायत शेयर सदस्य तथा स्थानिय गरि सात सय भन्दा बढिको उपस्थिति रहेको थियो ।

सेवाकेन्द्र सञ्चालनको अवसरमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो । संस्थाका कार्यकारी संचालक हेम बहादुर कार्कीका अनुसार संस्थाले हाल न्युरोड, मैतिदेवी र काडाँघारीबाट सेवा प्रदान गर्दै आएको छ ।

संस्थामा ७५ जना कर्मचारी आबद्ध भएको बताउदै कार्कीले संस्थाले १० वर्षको अवधि पार गर्दासम्म कूल कारोवार एक अर्ब ३८ करोड पुर्याई ९५ करोड निक्षेप संकलन गर्न सफल भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here