६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका उडेका प्रधानमन्त्री बालेन्द्र शाहलाई रास्वपा सभापति रवि लामिछानेले शुभकामना दिएका छन् । उनले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएका सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक शुभकामना। नेपालको राष्ट्रिय हित र हाम्रा सरोकारका सबै विषयहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न यो भ्रमण अर्थपूर्ण र सफल होस्। शुभेच्छासहित स–प्रेम शुभकामना । आजै प्रधानमन्त्री कतार एयरवेजको जहाजमार्फत अमेरिका उडेका छन् ।
