काठमाडौं । यातायात व्यवसायीले बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै यस्ताे आव्हान गरेको हो। बिहिबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ ।
साथै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न महासंघले सबैलाई आग्रह गरेको छ ।
यस साता अविरल वर्षा हुने र यसले सडकमा बाढी तथा पहिरोको जोखिम हुने भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेकाले महासङ्घले पनि यस्ताे भनेकाे हाे।
