११ असोज, काठमाडौं । देवघाटस्थित नारायणी नदीको जलसतह ९.३ मिटरको खतरा तह पार गरी निरन्तर बढिरहेको छ। हालको पूर्वानुमानअनुसार जलसतह ऐतिहासिक अधिकतम ११।६ मिटरभन्दा माथि पुग्दै करिब १३।० मिटर सम्म पुग्न सक्ने र आज बिहान करिब ११ स् बजे आसपास १३ मिटर पुग्ने सम्भावना रहेको छ।
साथै रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्वरपश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी तथा आसपासका जिल्लाबाट बहने स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।
सम्भावित जोखिम क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउन सरकारले आह्वान गरेको छ । नदी किनार तथा तटीय क्षेत्रबाट टाढा रहनुहोस्, सुरक्षित स्थानमा रहनुहोस् र सरकारी निकायबाट जारी सूचनाको पालना गर्न सरकारले आह्वान गरेको छ ।
