स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु

२३ असोज, काठमाडौं । रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज जडान गर्न फाउन्डेसन निर्माणको काम अघि बढाइएको छ। नदीका दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्रयाक खोल्ने काम सुरु गरिएको हो। कुल ७६ मिटर लम्बाईको बेलीबृज निर्माण गर्न एक्सीस रोड निर्माणको काम भइरहेको छ ।

बेलीबृज जडान गर्न १४ मिटर फाउन्डेशन उठाउन जग खन्न दुई वटा स्काईभेटर प्रयोग भइरहेको छ । वेत्रावतीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेसँगै स्याफ्रुबेसीमा पनि निर्माण कार्यलाई तीव्रता दिइएको छ। स्याफ्रुबेसीमा बेलिब्रिज निर्माण सम्पन्न भएसँगै रसुवागढीसम्मको सडक सञ्जाल पुनःस्थापित हुनेछ।