शेयर बजार १४ अंकले बढ्यो, ५५ करोडको कारोबार

काठमाडौं, २५ कात्तिक । आईतवार केही अंकले मात्रै बढ्को शेयर बजारमा सोमवार छलाङ आएको छ ।

सोमवार नेप्से परिसूचक १३.७७ अंकले बढेर १ हजार १ सय ४५.५७ अंकमा पुगेको छ ।

सोमवार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ३.२८ अंकले बढेर २ सय ५२.२९ अंकमा पुगेको छ । संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा १.३२ प्रतिशत बढी हो ।

सोमवार अन्यल बाहेक सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै उत्पादन समुहको सूचक बढ्यो । उत्पादन सकुहको सूचक २.३२ प्रतिशत बढ्यो । त्यस्तै, लघुवित्त समुहको २.०७ प्रतिशत, होटल समुहको १.८१ प्रतिशत बढ्यो ।

सोमवार कारोबारमा पनि धेरै सुधार आएको छ । सोमवार १ सय ७५ कम्पनीको १९ लाख ९५ हजार ४५ कित्ता शेयर किनबेच हुँदा ५४ करोड ९९ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

सोमवार हिमालयन डिस्टीलरीका शेयर धनीले कमाए । डिस्टीलरीको शेयर मूल्य प्रतिशत बढ्यो । त्यस्तै, ९.९७ साबिको लघुवित्त वित्तीय संस्थाको ९.८९ अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एनआईबिएल समृद्धि फन्डका शेयर धनी रहेका छन् । एनआईबिएल समृद्धिको शेयर मूल्य ५.७७ प्रतिशत घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार गर्नेमा एनएमबी बैंक रहेको छ । बैंकले १३ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here