भिखारीको निशुल्क उपचार !

काठमाडौं । लाखौं रुपैयाँ खर्च गरेर पढेरको एक डाक्टरले निशुल्क उपचार गर्छ भन्ने कुरा जो कोहीलाई विश्वास नलाग्न पनि सक्छ ।

तर, यो कुरा सत्य हो, र यो घटना भारतको हो । भारतको महाराष्ट्रको पुणे शहरमा बस्ने अभिजीत सोनवाले नाम गरेका डाक्टरले सडकको किनारामा बस्ने भिखारीहरुको निशुल्क उपचार गर्छन् ।

उनका अनुसार यस्तो मानिसहरुमा परिवारका मानिसहरुले उपचार गर्न छाडिसकेका मानिसहरु पनि समावेश छन् ।
यस्ता मानिसहरुलाई निशुल्क उपचार गर्नुका साथै औषधी पनि दिन्छन् । उनी यस्ता मानिसहरु खोज्दै हिड्छन् र उनीहरुसंग कुरा गर्दै कस्तो समस्या छ भन्ने सोध्छन् र उनीहरुको उपचार गर्छन् ।

यसका साथै उनीहरु उपचार पश्चात ठिक भएसंगै कुनै अन्य पेसा अंगाल्नको लागि प्रेरित गर्नुका साथै सहयोग पनि गर्छन् ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here